काठमाडौँ — जमीन, जंगल र जगत्कै देवीको रुपमापूजिने रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताको रुपमापनिआस्थाका साथलिइन्छ । जात्रालाई धार्मिक आस्थासँगमात्रै जोडेर हेरिने भएपनि यस्ता जात्रा संस्कृति र सभ्यताको चिनारी बनेको छ । काठमाडौंमाइन्द्रजात्रा र भक्तपुरमाबिस्काःजात्राको जतिठूलो महत्व छ, पाटनमात्यति नै ठूलो उत्सवका रूपमा रातो मच्छिन्द्रनाथको जात्रामनाइन्छ।काठमाडाँै उपत्यकाकै महत्वपूर्ण र लामो जात्रा, वर्षा तथा सहकालका देवता रातो मच्छिन्द्रनाथअर्थात् करुणामयलाई ३२ हातअग्लो रथमा रथारोहण गराएसँगै शुक्रबारबाटविधिवत् रुपमाजात्रा सुरु भएको छ ।
रातो मच्छिन्द्रनाथजात्राको रथमाअहिले सजावट र परम्परागतविधिबाटपूजाआजाचलिरहेको छ । दुई महिनासम्मचल्ने जात्रा वैशाखशुक्लपूर्णिमाको दिनमाकरुणामयलाई रथमाविराजमान गराएको ४ दिनपछिबल्ल रथ यात्रा सुरु गरिन्छ ।त्यसबीचमाद्वितीयाको दिनयजमानले सिद्धिकार्य गरेपछिपञ्चसूत्रले रथमाबाध्ने कामहुन्छ । अक्षय तृतीयाकादिन जैशीब्राह्मणहरुलाई गोदानदिइन्छभने चतुर्थीको साँझपखकरुणामयविराजमानपुलचोकमा रहेको रथलाई यात्रा गरेर गाबाहलहुँदै जावलाखेल लगेर जात्रा देखाउने चलन छ ।
पुलचोकबाट सुरु भएको रातो मच्छिन्द्रनाथको रथ यात्राले विभिन्नठाउँमापुगेर पनि फरक फरक पुजा र जात्रा देखाउने गरेको छ । एउटै रथ यात्राले नरिवलखसाल्ने जात्रादेखि महिलाहरुले मात्रै रथ तान्ने जात्रामनाउने परम्परा रहेको छ । यसको आध्यामिकपाटो त छँदै छ, साथै यस्ता परम्पराले समाजमा मैत्रीपूर्ण वातावरणपनिनिर्माण गरेको छ ।
यसअघितबहालमाभएको करुणामयलाई काठमाडौँ र ललितपुरका विभिन्नटोलमागरि लगभगदुई महिना रथयात्रा गराईसकेपछि बुंमतिमा लगेर विराजमान गराइन्छ । करिब छ महिना बुंमतीमा रहेको रातो मच्छिन्द्रनाथलाई बाजागाजा सहितखटमा राखेर पुनःतबहालमाप्राणप्रतिष्ठा गराइन्छ । विश्वास गरिएको करुणामय देवताले सबै ठाउँमापुगी रक्षागर्ने जनविश्वास रहेको पनिपाइन्छ । जात्रालाई धार्मिक आस्थासँगमात्रै जोडेर हेरिने भएपनि यस्ता जात्रा संस्कृति र सभ्यताको चिनारी बनेको छ ।
किंवदन्तीकाअनुसार लिच्छवि राजा नरेन्द्रदेवकापालामाभारतको कामरूपकामाख्यागई ‘वुंगद्य’अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामाल्याइएको थियो । गुरु गोरखनाथले नवनागको आसनबनाई बसिदिएका कारणबाह्र वर्षसम्मपानीनपरी अनिकाललागेपछि राजा नरेन्द्रदेव, तान्त्रिकबन्धुदत्तआचाजु, ललितज्यापु तथाकर्कोटक नागराजासमेत कामरूपकामाख्यागई ‘वुंगद्य’लाई काठमाडौं उपत्यकामाल्याएकाथिए । आफ्ना गुरु मच्छिन्द्रनाथ देखेपश्चात्गोरखनाथगुरुको दर्शनकालागिजाने क्रममानवनागमुक्तभई वर्षाभएको र सहकाललागेको विश्वास छ ।
प्रतिक्रिया