काठमाडौं– जेनजी आन्दोलनको मुख्य माग थियो–स्थापित पुराना दलहरुका शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिउन् । उनीहरुको यो माग एक हदसम्म निर्वाचनले नै पूरा गरिदियो । कांग्रेस, एमालेका शीर्ष नेताहरु चुनावबाटै बढारिए । नेकपा संयोजक प्रचण्डले चुनाव जिते पनि उनको दलको हैसियत साना दलको कोटरीमा पुग्यो । कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा स्वदेश फर्किनै नसक्ने अवस्थामा छन् । बचेखुचेको एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ पनि पार्टीभित्रकै नेताहरुले सोत्तर पारिरहेका छन् । ओलीलाई लागेको थियो चुनाव पराजित भए पनि पार्टी राजनीतिमा आफ्नो दवदवा कायमै रहनेछ । तर विकसित घटनाक्रमले उनलाई अध्यक्ष पदमा धेरै टिक्क दिने संकेत देखिँदैन । अहिले आफ्नै गृहप्रदेश र आधारइलाकाबाट उनलाई सक्रिय राजनीतिबाट बिदा हुन दवाव आइरहेको छ । पार्टी पदाधिकारीमै अल्पमतमा परेका ओलीले नचाहँदा नचाहँदै अहिले एमालेमा पुनर्गठन अभियान चलिरहेको छ । पुर्नगठनका लागि सुझाव संकलनको नाममा ओलीको विपक्षमा उभिएका नेताहरु प्रदेश प्रदेशमा पुगिरहेका छन् । प्रदेशस्तरीय यी भेलाहरूमा कार्यकर्ताले ओली र शीर्ष नेतृत्वको कार्यशैलीप्रति तीव्र आक्रोश पोखिरहेका छन् । कोसीदेखि लुम्बिनी हुँदै सुदूरपश्चिमसम्मका भएका भेलाहरूमा एउटै आवज उठेको–ओलीको विकल्प खोजौँ ।
देश


प्रतिक्रिया