Breaking

अर्थमन्त्री स्वर्णिमले खाए कसम, ३ बजे राति के भयो ? २ अर्ब घोटालामा सचिवलाई दोषी देखाउने प्रपञ्च ? (भिडियोसहित)

योहो संवाददाता

जेठ १५ गते बजेट सार्वजनिक भएपछि गम्भीर प्रश्नहरूको चेपुवामा परेका अर्थमन्त्री स्वर्णिम वाग्ले अहिले ठूलो छटपटीमा छन् । संसद्, सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म करका दरमा गरिएको व्यापक हेरफेर र कर छली प्रकरणमा उनीमाथि निरन्तर प्रश्न उठेपछि उनी छटपटीमा परेका हुन् ।