काठमाडौं– नेपालको वर्तमान राजनीतिक परिदृश्यमा सबैभन्दा शक्तिशाली, लोकप्रिय र अत्यधिक जनसमर्थन भएको पार्टी हो— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । रास्वपा यस्तो पार्टी हो, जसको जन्म आजभन्दा चार वर्ष अर्थात् १४ सय ६० दिन अघि मात्र भएको थियो । दशकौँदेखि कहलिएका र संघर्षबाट निखारिएका राजनीतिक दलहरूले प्राप्त गर्न नसकेको जनमत र जनसमर्थन रास्वपाले स्थापनाको चार वर्ष नपुग्दै हासिल गरी देशको शासनसत्तामा एकलौटी राज गरिरहेको छ । छोटो समयमै रास्वपालाई यो सत्तासम्म पु¥याउने मुख्य व्यक्ति हुन्— पार्टी सभापति रवि लामिछाने, जसले २०७९ साल असार ७ गते काठमाडौँको राष्ट्रिय सभागृहबाट रास्वपाको जग बसालेका थिए । सञ्चारकर्मबाट सिधै राष्ट्रिय राजनीतिमा प्रवेश गरेका लामिछाने सम्भवतः नेपालको राजनीतिक इतिहासकै यस्ता पात्र हुन्, जसले विभिन्न उतारचढावका बीच आफ्नो पार्टीलाई चार वर्षमै देशको सबैभन्दा शक्तिशाली दल बनाए । सायद त्यसैले नै उनलाई अहिले नेपाली राजनीतिको ‘कोहिनूर’का रूपमा व्याख्या गरिँदै छ ।
देश


प्रतिक्रिया