काठमाडौं । आज कोशी, बागमती र लुम्बिनी प्रदेशका केही भुभागमा भारी वर्षाको पूर्वानुमान गरीएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले भखरै जारी गरेको बुलेटिनमा अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । वर्षा गराउने प्रणाली उत्तर–पश्चिम दिशातर्फ सर्दै गइरहेको छ ।
ती भुभागमा बसोबास गर्ने नागरीकलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
विभागका अनुसार आज सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।


प्रतिक्रिया