काठमाडौं– तीन देशका लागि नवनियुक्त राजदुतहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदुतहरूले शपथ लिएका हुन् । भारतका लागि राजदुत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदुत डा.कल्याणराज शर्मा र इजरायलका लागि राजदुत सुरेश कर्णले शपथ लिएका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई समितिले उनीहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले उनीहरुलाई राजदुत पदमा नियुक्त गरेका थिए । मन्त्रीपरिषद्ले १३ जना राजदुतको नाम सिफारिस गरेकोमा संसदीय सुनुवाई समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेका थिए ।
संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेपछि सरकारले सम्बन्धित देशहरुमा राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । अग्रिमो आएका ३ जना राजदुतहरूले मात्रै सोमबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।


प्रतिक्रिया