Breaking

मन्त्रीको विदेश मस्ती, बालेन नै बेखबर, रास्वपाभित्रै असन्तुष्टि, नागरिकका सास्ती परेनन् प्राथमिकतामा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह बालेनका मन्त्रीहरूमा विदेश मोह बढ्दा भ्रमणमा जानेहरूको संख्या बाक्लिएको छ । सरकार गठन भएको सात महिनाको अवधिमा प्रधानमन्त्री बाहेक ११ मन्त्रीले विदेश दौडाह गर्दा २६ पटक भ्रमण गरिसकेका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा परराष्ट्रमन्त्री शिशिर खनाल, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, शिक्षामन्त्री सस्मित पोखरेल र स्वास्थ्यमन्त्री निशा मेहता सहभागी भएका छन् । जसमध्ये परराष्टमन्त्री खनाल र स्वास्थ्यमन्त्री निशा स्वदेश फर्किसकेका छन् । भने बाँकीका मन्त्रीहरूहरू अझै टर्कीमा नै रहेका छन् । सरकारले परराष्ट्रमन्त्री खनाल र वातावरणमन्त्री चौधरीलाई औपचारिक रूपमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जिम्मेवारी दिएको थियो । प्रधानमन्त्री वालेन्द्र शाहकै चाहनाअनुसार परराष्ट्रमन्त्री खनाललाई पनि प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा पठाइएको थियो । परराष्ट्रमन्त्रालयको जिम्मेवारी सम्हालिरहेका शिशिर खनालले यसअघि मौरिसस, भारत, चीन, अमेरिका, फिजी, तुभालु र अष्ट्रेलियाकोको भ्रमण गरेका थिए । परराष्ट्रमन्त्री भएकै कारण खनालेको भ्रमणलाई मन्त्रालयगत सक्रियताकै रुपमा हेर्न सकिए पनि बाँकीका अन्य मन्त्रीहरूको भ्रमणलाई लिएर नकारात्मक चर्चा भइरहेको छ ।