Breaking

इनम प्रकरण : हल्ला मात्रै ठूलो, प्रमाणमा प्रहरीमै महाभिडन्त, ख्क्ष्ए तानिएपछि ढिसमिस पार्न कोको लागे ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– अहिले इनम प्रकरण कसैका कारण गिजोलिएको छ भने ती हुन्, कुमार बेन । अर्थात प्रधानमन्त्रीका प्रमुख सल्लाहकार । उनकै कारण यो प्रकरण सर्वाधिक गिजोलिएको मात्र होइन, सामसुम हुने जोखिम बढेको छ । इनम साच्चिकैका विचौलिया नभई बेनले प्रयोग गरेका पात्र हुन् भन्ने आरोप लागेको छ । किनकी इनम पक्रेलगत्तै बेनले उनको मोबाइल आफ्नो कब्जामा राखेको विषय सार्वजनिक भयो । अनुसन्धानका लागि प्रहरीले लैजानुपर्ने मोबाइल बेनले किन लगे ? त्यसको नियत के थियो ? मिडियामा सार्वजनिक भएका केही तस्बरीहरुको स्रोत पनि प्रहरी कार्यालय नभइ कतै ज्वागल नै त होइन भन्ने प्रश्न उठेका छन् । त्यसमाथि उनले केही प्रमाणहरु त्यहाँबाट मेटाएको विषय सार्वजनिक भएको छ । यसले कि त इनम बालेनको टीमबाटै परिचालित पात्र हुन् कि न बेनको टीम पनि सेटिङमा छ भन्ने प्रष्ट पार्छ ।