काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीचका बेमेलका घटनाहरु सार्वजनिक भइरहन्छन् । एक ठूलो लोकतान्त्रिक दलमा यी स्वभाविक भए पनि सरका सञ्चालनको सार नमिल्दा भविष्यबारे अनेकन टिप्पणी हुने गरेका छन् । अर्कोतर्फ यसमा धेरै कारण आन्तरिक राजनीतिकै भए पनि बाह्य हावालाई समेत नजरअन्दाज गर्न सकिने अवस्था रहँदैन । एकातर्फ दुई नेताको परिस्थितिजन्य मिलन अर्कोतर्फ कार्यसम्पादन र शक्ति आर्जनको स्वभाविक होडले यसलाई अझ जटिल बनाइदिन सक्छ । यही कारण समय क्रममा रास्वपाभित्रको अन्र्तविरोधलाई समेत कतिपयले भूराजनीति शक्तिसंघर्षकै रुपमा हेर्ने गरेका छन् । हुन पनि नेपालको राजनीतिक इतिहासमा विदेश प्रभावित राजनीति पटक पटक हुँदै आएको छ । यसपटक समेत जेनजी आन्दोलनदेखि रास्वपा र रवि–बालेनको उदयसम्मलाई आन्तरिक करणमा बदलिएको भूराजनीतिक पावर सेन्टरका रुपमा हेर्ने गरिएको छ । रास्वपाभित्रको आन्तरिकजस्ता देखिने समस्यामा पनि यसैको प्रभाव रहेका तर्कहरु कतिपयले गर्ने गरेका छन् । तर, रास्वपाका नेताहरु भने यो आरोप वा आशंकालाई ठाडै अस्वीकार गर्छन् ।
Breaking


प्रतिक्रिया