देश

तीन स्रष्टाका कृतिमाथि विमर्श तथा रचनावाचन कार्यक्रम सम्पन्न

योहो संवाददाता

कञ्चनपुर । मानसखण्ड फाउन्डेसन कञ्चनपुरको आयोजनामा तीन स्रष्टाका कृतिमाथि विमर्श तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ। मानसखण्ड गुरुकुलको सभाकक्षमा आयोजित कार्यक्रममा कैलालीका तीन स्रष्टाका कथा तथा गजल सङ्ग्रहमाथि समीक्षा र विमर्श गरिएको हो।

कार्यक्रममा पुष्पराज पाण्डेयको कथासङ्ग्रह किनारा माथि साहित्यकार जगदीश ओझा, , तारा पल्लवीको गजलसङ्ग्रह सिरानी माथि उपप्राध्यापक प्रजापति नेगी र साहित्यकार रमेश पन्त मीतबन्धुले तथा यज्ञराज जोशीको कथासङ्ग्रह वैशाखी माथि उपप्राध्यापक श्यामसुन्दरले समीक्षा प्रस्तुत गरेका थिए।

कार्यक्रमको अध्यक्षता मानसखण्ड फाउन्डेसनका अध्यक्ष नारा जोशीले गरेका थिए। सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष साहित्यकार रामलाल जोशी प्रमुख अतिथि रहेको कार्यक्रममा संविधानसभा सदस्य आनन्दी पन्त, गुगुल्डी वाङ्मय प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द विश्राम, सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडिन प्रा। डा। मुकुन्द कलौनी, सुप गजल मञ्चका संस्थापक टोपेन्द्र शाह र साहित्यकार कृष्णदत्त चटौत, सुदूरपश्चिमाञ्चल साहित्य समाजका सचिव प्रेम चन्द, साहितयकार चन्द्रकला पन्त, कल्याण ओझा, नवीन धामी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा फाउन्डेसनका सचिव तथा साहित्यकार हेमबाबु लेखकले स्वागत मन्तव्य राखेका थिए भने फाउन्डेसनका सदस्य कविराज भट्टले कार्यक्रम सञ्चालन गरेका थिए।

कृति समीक्षापछि तीनै जना कृतिकार, समीक्षक तथा प्रमुख अतिथि रामलाल जोशीलाई फाउन्डेसनका तर्फबाट सम्मान गरिएको थियो। त्यसपछि आयोजित रचनावाचन कार्यक्रममा प्रेमप्रकाश कलौनी, गङ्गा विष्ट, राधिका जोशी, रेखा अवस्थी भट्ट, सरस्वती भाट धामी, खिमानन्द बडू, बिरुवा राम लोहार, विवेक पन्त, केशव भट्ट, आनन्दी पन्त, कृष्णदत्त चटौत, कल्याण ओझा, वीरबहादुर चन्द विश्राम, नवराज ओझा, चेतन भट्ट, टङ्कप्रसाद अवस्थी, कृष्णदत्त चटौत कान्त र बलदेव अवस्थी, लछिधन अधिकारी लगायत दर्जनौँ कवि तथा स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए।

कार्यक्रममा तीनै जना कृतिकारले समीक्षकबाट प्राप्त सुझाव तथा टिप्पणीप्रति आभार व्यक्त गर्दै मन्तव्यसहित धन्यवाद ज्ञापन गरेका थिए। प्रमुख अतिथि रामलाल जोशीले तीनै जना कृतिकारलाई बधाई दिँदै सुदूरपश्चिमको साहित्यिक श्रीवृद्धिका लागि सबै स्रष्टा तथा साहित्यिक संस्थाहरू आपसी सहकार्य र एकताका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रम मानसखण्ड गुरुकुलको प्रायोजनमा सम्पन्न भएको थियो।