Breaking

बालेन बचाउन रास्वपाका नेतालाई हम्मे, IGP देखि बेनसम्मका प्रश्नले घेरिए, कता हरायो म्याजिक ?(भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– कुनै समय यस्तो थियो, जहाँ रास्वपा प्रतिपक्षमा हुन्थ्यो । कांग्रेस एमालेका सरकारविरुद्ध आगो ओकल्थ्यो । आफूहरु सत्तामा आए म्याजिक देखाइदिने दाबी नेताहरु गर्थे । संख्या पुगेन, संख्या पुगेको दिन भ्रष्ट नेताको जेलवास हुन्थ भन्थे । अहिले संख्या पुगेको छ । म्याजिक देखाइदिने दाबी गर्नेहरु मन्त्री बनेका छन् । न म्याजिक देख्न पाइएको छ, न सरकार चलाउने ढंग । बरु अहिले पनि उही अभियान जारी छ, केन्द्रमा संख्या पुग्यो स्थानीइ तहमा अझै पुगेन । सबैथोक पाएर पनि केही गर्न नसकिरहेको अहिलेको सरकार आफ्नै कारण आलोचनाको केन्द्रमा छ । सडक होस् वा सदनमा तत्कालिन राज्यसत्ताविरुद्ध विरुद्ध प्रहार गरेका प्रश्नवाचक चिन्ह अहिले रास्वपातिरै सोझिएका छन् । बरु पुरानाले प्रश्नको मान गर्थे, जवाफ दिन्थे । अहिलेका शाशकहरुमा यत्तिको पनि लोकतान्त्रिक चरित्र देखिएको छैन । ३५ वर्षको कुशासनको अन्त्य गर्दै शुसाशन स्थापना गर्ने भन्दै सत्ता सम्हाले पनि सात महिनामै शुसाशनकै प्रश्नले सबैभन्दा बढी लखेटिरहेको छ । जहाँ बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली र कार्यसम्पादनका कारण पैदा भैरहेको जनआक्रोश र आलोचनाको सामना पार्टी सभापति रवि लामिछाने लगायत नेताहरुले गर्नुपरेको छ । राज्यआतंक नै सिर्जना गरी प्रधानमन्त्री कार्यलयले चालेका गम्भिर कदमहरुले सरकार मात्रै नभएर सिंगो रास्वपालाई नै ‘ब्याकफयर’ भैरहेको छ । जसका कारण अहिले अवस्था यस्तो बनेको छ, जहाँ जहाँ रास्वपा नेता देखिन्छन् त्यतै प्रश्नहरुको प्रहार हुन थाल्छ । जुन प्रश्नहरुको जवाफ सबै नेताहरुसँग छैन ।