Breaking

देउवाको कन्फिडेन्ट, गगन पक्षमाथि जाइलाग्दै नेता, अदालतको भर, कालो टीकाको डर (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा प्रौढ अवस्थामा अक्सर मौन बसे, तर, उमेरले ८० पार गरेसँगै जोश देखाइरहेका छन् । देउवा—जुनसुकै विषयवस्तुउपर खासै प्रतिक्रिया नदिने र एकदमै कम बोल्ने नेतामा पर्छन् । पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेका देउवाले सार्वजनिक रूपमा विरलै प्रतिक्रिया दिएका छन् । राजनीतिक वृत्तमा उनको एउटा छुट्टै भाष्य पनि स्थापित छ– देउवा जे बोल्छन्, त्यसलाई पूरा गर्छन् । त्यसैले उनलाई धेरैले बोलीका पक्का नेताका रूपमा चित्रण गर्ने गरेका छन् । तर, पछिल्लो समय देउवाको यही स्थापित छवि र राजनीतिक शैलीमा परिवर्तन देखिन थालेको छ । नेतृत्व गुमेको अवस्था, कांग्रेसभित्र चुलिँदो आन्तरिक विवाद र जेनजी आन्दोलनका क्रममा भोग्नुपरेको शारीरिक आक्रमणले उनलाई थप आक्रोशित बनाएको देखिन्छ । आखिर लामो समय मौन बसेर राजनीति गरेका देउवा पछिल्लो समय किन आक्रामक बन्दैछन् ? राजनीतिक जीवनको उत्तरार्धमा आफ्नो विरासत जोगाउन देउवाका सामु कस्ता चुनौती छन् ?