Breaking

रास्वपालाई नसोचेको संकट, रवि बालेन भिड्दा कहाँ कहाँ भयो क्षति ? बरालिएका विकल्प, हैसिए विपक्षी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– जनताले सरकार अस्थिर बन्यो, विकासका काम हुन सकेनन् भन्दै रास्वपालाई झण्डै दुई तिहाईको म्यान्डेट दिए । तर अहिले सरकार बनेको सात महिना मै शक्तिशाली सरकार आफनै गतिविधिका कारण संकटमा परेको आशंका व्यक्क्त भइरहेका छन् । आन्तरिक विवाद चुलिएको र सरकार नै संकटमा परेको चर्चा भइरहँदा समेत सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले यसको निराकरण गर्न सकेका छैन् । बरु दुई नेता विच वाक युद्ध चलिरहेको छ । विगतमा शक्तिशालि सरकार आफनै कारण दुर्घटनामा परेका उदारण जस्तै बालेन सरकारको पनि त्यहि नियति भए देश अर्काे ठुलो राजनितिक दुर्घटनामा जाने देखिन्छ । जनताको अघात विश्वास पाएको शक्तिले निर्धक्क पाँच वर्ष शसन सत्ता चलाउनु पर्ने हो । तर रवि बालेन विचको खटपटका कारण सरकार पाँचै वर्ष टिक्छ भन्नेमा ढुक्क हुन सक्ने अवस्था छैन । पछिल्लो समय दुई शीर्ष नेताले एक अर्कालाई लक्षित गरेर दिएको अभिव्यक्तिपछि स्वयं रास्वपाभित्रका नेता कार्यकर्ता समेत सरकारको आयुलाई लिएर विश्वस्त हुन सकेका छैनन् । यता एमाले अध्यक्ष केपिशर्मा ओली देखि नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सडक बाटै सरकार ढाल्ने र छट लगतै आन्दोलन गर्ने चेतावनी दिदै आएका छन् ।