काठमाडौं– सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर लगायतका मुद्धामा प्रहरीको हिरासत रहेका बिचौलिया इनम सापकोटामाथिको अनुसन्धानलाई तिव्र बनाइएको छ । यससँगै प्रहरीले उनिसंग नाम जोडीकाहरुलाई समेत पक्राउ गरेर अनुसन्धानमा तानेको छ । शनिवार मात्रै प्रहरीले इनम संगको सम्पर्क र बैंकिङ कारोवार देखिए पछि काग्रेस नेता उमेश श्रेष्ठका भाई महेश श्रेष्ठलाई पक्राउ गर्यो । सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर तथा विदेशी विनिमय अपचलन, र न्यायपालिका तथा राज्यका उच्च निकायमा अनधिकृत चलखेलका विषयमा प्रहरीले स्ुक्ष्म ढंगले अनुसन्धान गरिरहरेको छ । इनम प्रकरणले राजनितिमा यस्तो ज्वारभाटा ल्याएको छकि, प्रधानमन्त्रीका प्रमुख सल्लाकार कुमार बेनको भुमिकामाथि समेत प्रश्न उठ्ने अवस्था आएको छ । उनीमाथि अनुसन्धानको माग पनि भइरहेको छ । पहिले प्रहरी प्रमुखले सुचना चुहाएको भन्दै सरकारले नेतृत्व नै परिर्वतन गरेको थियो । अहिले इनमको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बेनको घरमा रहेको कुरा फरेन्सिक परीक्षणबाट पुष्टि भएको भन्दै समाचार प्रकाशित प्रकाशन भएका छन् । तर सरकार या प्रहरीले उनिमाथि अनुसन्धान सुरु गरेको विवरण भने सार्वजनिक भएका छैनन् । यसमा सत्तारुढ दल रास्वपा पनि अनुसन्धान गर्न चाहिररहेको छ । रास्वपामा उनिमाथि अनुसन्धान गर्न दवाव समेत बढेको छ ।
Breaking


प्रतिक्रिया