सूचना-प्रविधि

ग्राहकको प्रश्न बुझेर आफैं जवाफ दिने आकाशटेलको एआई भ्वाइस एजेन्ट, कसरी गर्छ काम ?

योहो संवाददाता

काठमाडौं — ग्राहकले फोन गर्‍यो, तर कर्मचारी व्यस्त छन्। कार्यालय बन्द भइसकेको छ। वा, एउटै प्रश्नको उत्तर दिन दिनभर कर्मचारीहरूले सयौँ पटक फोन उठाइरहनुपरेको छ। आज अधिकांश नेपाली व्यवसाय तथा संस्थाहरूले भोगिरहेका यी समस्या नयाँ होइनन्।

यही प्रक्रियालाई स्वचालित बनाउने उद्देश्यसहित व्यावसायिक सञ्चार समाधान प्रदायक आकाशटेलले ‘एआई भ्वाइस एजेन्ट’ उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार यसले ग्राहकबाट आउने फोन २४सै घण्टा उठाउने, प्रश्न बुझ्ने, व्यवसायले उपलब्ध गराएको जानकारीका आधारमा जवाफ दिने र आवश्यक परे सम्बन्धित कर्मचारी वा विभागमा कल ट्रान्सफर गर्ने काम गर्छ ।

साधारण IVR System भन्दा फरक, AakashTel को AI Voice Agent ले ग्राहकलाई “१ थिच्नुहोस्, २ थिच्नुहोस्” जस्ता निश्चित विकल्पमा सीमित गर्दैन। ग्राहकले आफ्नो प्रश्न सामान्य मानिससँग कुरा गरेझैँ सोध्न सक्छन् र AI Voice Agent ले त्यसलाई बुझेर सान्दर्भिक तथा सटीक उत्तर प्रदान गर्ने कम्पनीको दाबी छ।

उदाहरणका लागि ग्राहकले “तपाईंहरूको कार्यालय कहिले खुल्छ?”, “यो सेवाको शुल्क कति हो?”, “भोलिका लागि Appointment मिल्छ?”, “यो Product अहिले उपलब्ध छ?” जस्ता प्रश्नहरू सोध्दा AI Voice Agent ले तत्काल उत्तर दिन सक्छ। आवश्यक परेमा यसले ग्राहकको समस्या बुझेर सम्बन्धित विभाग वा कर्मचारीलाई फोन Transfer गर्न पनि सक्छ।

कम्पनीका अनुसार AI Voice Agent लाई प्रत्येक व्यवसायको आवश्यकता अनुसार प्रशिक्षित गर्न सकिन्छ। यसमा व्यवसायका उत्पादन तथा सेवाहरू, मूल्यसूची, कार्यालय समय, Frequently Asked Questions (FAQs), Appointment Policy, Offer तथा Promotion सम्बन्धी जानकारीदेखि लिएर Call Handling Instructions समेत समावेश गर्न सकिन्छ। यही Knowledge Base को आधारमा AI ले ग्राहकसँग प्राकृतिक रूपमा संवाद गर्ने गर्छ।

AakashTel को AI Voice Agent को प्रमुख विशेषता भनेको यसको २४/७ उपलब्धता हो। कार्यालय समय सकिएपछि, सार्वजनिक बिदाको दिन वा मध्यरातमा समेत ग्राहकले फोन गर्दा AI Voice Agent ले तत्काल कल उठाएर आवश्यक जानकारी उपलब्ध गराउन सक्छ। यसले Missed Calls घटाउनुका साथै ग्राहकले चाहेको समयमा सेवा प्राप्त गर्न सक्ने वातावरण सिर्जना गर्छ।

AI Voice Agent ले सामान्य प्रश्नहरूको उत्तर दिने काममा मात्र सीमित नरही Appointment तथा Reservation Management गर्न पनि सक्षम छ। अस्पताल तथा क्लिनिकमा Doctor Appointment, Consultancy Session Booking, Hotel Reservation, Restaurant Table Booking वा Product Demonstration Schedule गर्न यसको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

त्यसैगरी Sales Team का लागि Lead Qualification मा समेत यो समाधान प्रभावकारी हुन सक्छ। ग्राहकसँग आवश्यक प्रश्नहरू सोधेर उसको आवश्यकता, बजेट, Location वा Service Interest सम्बन्धी जानकारी संकलन गरी Qualified Leads लाई सम्बन्धित Sales Representative सम्म पुर्‍याउन सकिन्छ।

AI Voice Agent को अर्को महत्वपूर्ण विशेषता भनेको यसले Incoming Calls मात्र होइन, Automated Outbound Calls समेत गर्न सक्नु हो। Appointment Reminder, Payment Reminder, Subscription Renewal, Customer Verification, Feedback Collection, Lead Follow-up तथा Event Confirmation जस्ता कार्यका लागि AI ले स्वचालित रूपमा ग्राहकलाई फोन गर्न सक्छ।

परम्परागत Voice Broadcasting भन्दा फरक, ग्राहकले दिएको उत्तरअनुसार AI ले आफ्नो संवादलाई अगाडि बढाउन सक्ने भएकाले यसलाई Conversational Calling Solution का रूपमा समेत लिन सकिने कम्पनीले जनाएको छ।

AI Voice Agent लाई CRM System, Appointment Management System, Customer Database, Helpdesk Platform, Payment System तथा अन्य व्यवसायिक Software सँग समेत Integration गर्न सकिने कम्पनीले जनाएको छ। यसले फोन कललाई केवल सूचना आदान–प्रदानको माध्यममा सीमित नराखी सम्पूर्ण व्यवसायिक प्रक्रियासँग जोड्ने काम गर्छ।

त्यसैगरी Call Records तथा Analytics को माध्यमबाट संस्थाहरूले कति फोन आए, ग्राहकहरूले सबैभन्दा धेरै के–कस्ता प्रश्न सोधे, कतिवटा Appointment भए, कतिवटा Calls Human Agent मा Transfer भए तथा ग्राहकहरूको आवश्यकता कस्तो छ भन्ने विषयमा विस्तृत रिपोर्ट समेत प्राप्त गर्न सक्छन्।

कम्पनीका अनुसार AI Voice Agent को प्रयोग शैक्षिक संस्था, Consultancy, अस्पताल, होटल, रेस्टुरेन्ट, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, Real Estate, E-commerce, Government Organization, NGO/INGO, BPO तथा Customer Support Center लगायत विभिन्न क्षेत्रमा गर्न सकिन्छ।

अस्पतालहरूले Appointment Booking तथा Patient Follow-up का लागि, बैंकहरूले Payment Reminder तथा Customer Inquiry Management का लागि, शैक्षिक संस्थाहरूले Admission Inquiry तथा Counselling Session Management का लागि तथा होटलहरूले Reservation Management का लागि यसको प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

त्यसैगरी Customer Support Center हरूले Repetitive Calls Handle गर्न तथा Sales Team ले Lead Qualification र Follow-up Calling का लागि AI Voice Agent को उपयोग गर्न सक्छन्।

AakashTel का Vice President राजन कोईरालाका अनुसार AI Voice Agent को उद्देश्य मानव कर्मचारीलाई विस्थापित गर्नु नभई उनीहरूको कार्यक्षमता अभिवृद्धि गर्नु हो।

“हामी AI लाई मानिसको विकल्पका रूपमा होइन, व्यवसायहरूको डिजिटल सहायकका रूपमा हेर्छौं। आज अधिकांश संस्थाहरूको धेरै समय एउटै प्रश्नको उत्तर दिन, Appointment Manage गर्न वा Follow-up Calls गर्न खर्च भइरहेको छ। AI Voice Agent ले यस्ता दोहोरिने कार्यहरू स्वचालित रूपमा व्यवस्थापन गरेर मानव कर्मचारीलाई बढी महत्वपूर्ण र जटिल कार्यमा केन्द्रित हुन सहयोग गर्छ। हाम्रो लक्ष्य व्यवसायहरूलाई २४/७ उपलब्ध, Smart र Scalable Customer Communication Solution प्रदान गर्नु हो,” उनले बताए।

डिजिटल रूपान्तरण तीव्र रूपमा अगाडि बढिरहेको वर्तमान समयमा ग्राहकहरूले पनि तत्काल सेवा र सही जानकारीको अपेक्षा राख्न थालेका छन्। यही परिवर्तनसँगै AI-powered Voice Technology व्यवसायिक सञ्चारको महत्वपूर्ण हिस्सा बन्दै गएको छ। AakashTel को AI Voice Agent ले नेपाली व्यवसाय तथा संस्थाहरूलाई Artificial Intelligence को प्रयोगमार्फत Customer Communication लाई अझ स्मार्ट, प्रभावकारी र समयसापेक्ष बनाउने कम्पनीको विश्वास छ।