समाचार

बैंक, सहकारीदेखि बीमासम्म — किन फ़ाईनान्सियल सेक्टर मा बढ्दो रोजाइ बन्दैछ आकाश टेल?

योहो संवाददाता

काठमाडौं — नेपालको बैंकिङ तथा वित्तीय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको छ। ग्राहक संख्या बढ्दै जानु, छिटो सेवा दिनुपर्ने दबाब, नियमित सूचना प्रवाह, लोन फलो-अप्, ग्राहक सहायता, प्रमाणीकरण तथा बहु-माध्यमीय संवाद जस्ता चुनौतीहरूले वित्तीय संस्थाहरूलाई अझ व्यवस्थित र अटोमेटेड प्रणालीको आवश्यकता महसुस गराइरहेका छन्। यही आवश्यकतालाई सम्बोधन गर्दै डिजिटल कम्युनिकेशन समाधान प्रदायक आकाश टेल ले बैंक, वित्त कम्पनी, सहकारी, बीमा कम्पनी तथा अन्य वित्तीय संस्थाहरूका लागि ए आई पावर्ड कम्युनिकेसन म्यानेजमेन्ट सोलुसन उपलब्ध गराउँदै आएको छ।

आज अधिकांश वित्तीय संस्थाहरूले दैनिक हजारौँ ग्राहकसँग संवाद गर्नुपर्ने अवस्था छ। खाता सम्बन्धी सूचना, किस्ताको रिमाईण्डर, भुक्तानी बाँकी जानकारी, लोन फलो-अप्, ग्राहक प्रमाणीकरण, शाखा सहायता, गुनासो व्यवस्थापन तथा मार्केटिङ्ग कम्युनिकेसन जस्ता कार्यहरू अझै धेरै ठाउँमा म्यानुअल प्रोसेस मा निर्भर छन्। यसले समय, जनशक्ति र सञ्चालन खर्च बढाउनुका साथै ग्राहक अनुभवमा पनि असर पुर्‍याउने गरेको छ। आकाश टेल ले यी सम्पूर्ण प्रक्रियालाई एउटै प्लेटफर्मबाट व्यवस्थित र अटोमेट गर्न सकिने समाधान प्रदान गर्छ।

आकाश टेल का भाईस प्रेसिडेण्ट राजन कोईरालाका अनुसार अहिले वित्तीय संस्थाहरू केवल कम्युनिकेसन टुल खोजिरहेका छैनन्, उनीहरूलाई स्मार्ट ग्राहक ईङ्गेजमेन्ट ईकोसिस्टम आवश्यक छ। “ग्राहकसँगको प्रत्येक संवाद छिटो, व्यवस्थित र ट्र्याक गर्न सकिने हुनुपर्छ। हामीले ए आई र अटोमेसन प्रयोग गरेर वित्तीय संस्थाहरू लाई सेण्ट्रलाईज्ड कम्युनिकेशन प्लेटफर्म उपलब्ध गराइरहेका छौँ,” उनले बताए।

वित्तीय संस्थाहरूमा सबैभन्दा धेरै प्रयोग भइरहेको समाधानमध्ये एक हो, आई पावर्ड आईभीआर (IVR) सिस्टम। ग्राहकले फोन गर्दा ए-आई भोईस एजेण्ट मार्फत खाता जानकारी, शाखा विवरण, ऋण सम्बन्धी जानकारी, कार्ड सहायता, मौज्दात सम्बन्धी मार्गदर्शन वा सम्बन्धित शाखामा कल स्थानान्तरणजस्ता सेवा स्वचालित रूपमा उपलब्ध गराउन सकिन्छ। यसले कल प्रतिक्षा समय घटाउनुका साथै ग्राहक सहायता Team माथिको दबाब पनि कम गर्छ। एउटै नम्बरबाट विभिन्न विभाग सञ्चालन गर्न सकिने भएकाले बैंक तथा वित्तीय संस्थाहरूका लागि यो समाधान प्रभावकारी मानिएको छ।

त्यसैगरी, आकाश टेल को भोईस ब्रोड्कास्टिङ्ग सिस्टम ले हजारौँ ग्राहकसम्म एकैपटक भोईस कल मार्फत सूचना पठाउन सक्षम बनाउँछ। रेकर्ड गरिएको आवाज वा ए-आई पावर्ड टेक्स्ट टु स्पीच (TTS) प्रयोग गरेर ऋण रिमाईण्डर, किस्ता भुक्तानी सूचना, भुक्तानी पुष्टि, अफर जानकारी वा आपत्कालीन सूचना पठाउन सकिन्छ। डाईनामिक भोईस ब्रोड्कास्टिङ्ग सुविधाले प्रत्येक ग्राहकको नाम, रकम वा भुक्तानी मिति अनुसार व्यक्तिगत भोईस मेसेज पठाउन सक्ने भएकाले कम्युनिकेसन अझ प्रभावकारी बन्ने कम्पनीको भनाइ छ।

वित्तीय संस्थाहरूमा ग्राहक सहभागिता बढाउन आकाश टेल को व्हाट्सएप बिजिनेस प्लेटफर्म  & पी आई (API) पनि उपयोगी बन्दै गएको छ। यसमार्फत ग्राहकसँग व्हाट्सएप बाट नै सुरक्षित र व्यवस्थित रूपमा संवाद गर्न सकिन्छ। स्मार्ट ए-आई एजेण्ट ले चौबीसै घण्टा ग्राहकका जिज्ञासा समाधान गर्न सक्छ भने जटिल समस्या सम्बन्धित कर्मचारीसम्म पठाउने सुविधा पनि उपलब्ध छ। मल्टि एजेण्ट सपोर्ट, च्यानल म्यानेजमेन्ट, ईण्टर्याक्टिभ मेसेजिंग, प्रोडक्ट क्याटलग, तथा कस्टम च्याटफ्लो जस्ता सुविधाले बैंकिङ सहायता सेवालाई अझ आधुनिक बनाउने कम्पनीले जनाएको छ।

लोन फलो-अप्, ग्राहक सन्तुष्टि सर्वेक्षण, बीमा प्रमाणीकरण तथा असुली अभियान जस्ता कार्यका लागि आकाश टेल को सर्भे मोड्युल प्रभावकारी समाधानका रूपमा प्रयोग भइरहेको छ। पोस्ट कल सर्भे, पावर डाईलर तथा स्मार्ट सर्भे डाईलर मार्फत संस्थाहरूले स्वचालित प्रतिक्रिया सङ्कलन, प्रमाणीकरण प्रक्रिया तथा आउट बाउण्ड क्याम्पेन (Outbound Campaign) सहज रूपमा सञ्चालन गर्न सक्छन्। यसले म्यानुअल कलिंग को आवश्यकता घटाउनुका साथै ग्राहक विवरण सङ्कलनलाई अझ व्यवस्थित बनाउँछ।

आकाश टेल को अर्को महत्वपूर्ण समाधान ओम्नी च्यानल कम्युनिकेसन प्लेटफर्म हो, जसले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपलगायत विभिन्न सामाजिक सञ्जालबाट आउने मेसेज र कमेण्ट्स लाई एउटै ड्यास बोर्ड मा ल्याउँछ। ए आई पावर्ड एजेण्ट ले नलोएज बेस (Knowledge Base) अनुसार ग्राहकसँग व्यावसायिक रूपमा संवाद गर्न सक्छ, जसले ग्राहक सहायता सेवालाई अझ छिटो र केन्द्रीयकृत बनाउँछ। विशेषगरी डिजिटल बैंकिङ तथा अनलाइन वित्तीय सेवा विस्तार भइरहेका संस्थाहरूका लागि यो समाधान अत्यन्त उपयोगी मानिएको छ।

यसका अतिरिक्त आकाशटेलले उपलब्ध गराउने कल रिपोर्टिङ्ग एनालाईटिक्स सिस्टम ले संस्थाहरूलाई आफ्नो सम्पूर्ण संवाद कार्यसम्पादन वास्तविक समयमा निगरानी गर्न सहयोग गर्छ। कति कल आए, कति छुटे, कर्मचारीको प्रतिक्रिया समय, ग्राहक संवादको ढाँचा तथा अभियानको प्रभावकारिताजस्ता विवरण विश्लेषण गरेर संस्थाहरूले तथ्यमा आधारित निर्णय लिन सक्छन्।

नेपालमा बैंक, सहकारी, लघुवित्त, बीमा कम्पनी, रेमिट्यान्स सेवा तथा अन्य वित्तीय संस्थाहरूमा डिजिटल ग्राहक कम्युनिकेसन को आवश्यकता तीव्र रूपमा बढिरहेको अवस्थामा आकाश टेल का एआई पावर्ड समाधानहरू प्रभावकारी विकल्पका रूपमा स्थापित हुँदै गएका छन्। कम्पनीका अनुसार आगामी दिनमा वित्तीय सेवा केवल भौतिक शाखामा सीमित नरही स्वचालित, एआई-ड्रिभन र ओम्नी च्यानल कम्युनिकेसन सिस्टम तर्फ अघि बढ्नेछ, र आकाश टेल त्यस परिवर्तनलाई गति दिने प्रमुख नेपाली प्लेटफर्म बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ।