आफूहरुलाई नेपाल प्रहरी बताउने एक जत्था नयाँ पत्रिकाको कार्यालयमा प्रवेश गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सन्तोष खड्काको आदेश भन्दै सात जनाको समूह नयाँ पत्रिकामा प्रवेश गरेको हो।
समाचार लेखेकै आधारमा पत्रकार नवराज मैनालीलाई कार्यालयमा उपस्थित गराउन भन्दै उक्त समूहले धरपकड गर्ने प्रयास गरेको छ। अहिले सो टोली मैनालीलाई लिएर जाने भन्दै समाचार कक्षमा रहेको छ।


प्रतिक्रिया