Breaking

बालेन ब्याक, जोगिए आईजीपी कार्की, खगेन्द्र बेपत्ता, गृहमन्त्री फेर्न रास्वपाभित्रै बढ्दो दबाब (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने चर्चा एकाएक सेलाएको छ । विवादमा तानिएका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने तयारी भइरहेको चर्चाबीच तत्कालका लागि उनको पद जोगिएको देखिन्छ । प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेबीच बुधबार भएको करिब चार घण्टा लामो भेटवार्तापछि प्रहरी नेतृत्व परिवर्तनको विषय झनै पेचिलो बनेको थियो । तर, रास्वपाको सचिवालय बैठकपछि सभापति लामिछानेले फरक मत राखेका छन् । प्रधानमन्त्री शाह आईजीपी कार्कीलाई हटाएर प्रहरी नेतृत्व परिवर्तन गर्ने पक्षमा रहेको चर्चा भइरहँदा रास्वपा सभापति लामिछानेको भने फरक धारणा देखिएको छ । प्रहरी संगठनलाई थप अस्थिर बनाउन नहुने र आफ्नै सरकारले नियुक्त गरेको नेतृत्वलाई तत्काल हटाउनु उपयुक्त नहुने पक्षमा लामिछाने रहेको बुझिएको छ । यसले सत्तारूढ दलभित्रै आईजीपी कार्कीलाई हेर्ने दृष्टिकोणमा एकरूपता नरहेको प्रस्ट संकेत गर्छ । प्रहरी संगठनको नेतृत्व विवाद र सरकारमाथि उठिरहेका प्रश्नका बीच गृहमन्त्री सुधन गुरुङ भने आफ्नो निर्वाचन क्षेत्रमा नागरिकसँग भेटघाट र हाँसोमजाकमा व्यस्त देखिएका छन् ।