काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेकाछन् । आज साँझ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल कतार एयरवेजमार्फत स्पेन प्रस्थान गरेको हो ।
स्पेनको ६ दिने औपचारिक भ्रमणमा प्रधानमन्त्रीको नेतृत्वमा २१ सदस्यीय प्रतिनिधि मण्डल रहेको छ । प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् । प्रधानमन्त्री ओलीले नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ ।
जहाँ स्पेनका मन्त्रिपरिषद्का अध्यक्षसहित विभिन्न व्यक्तित्वहरुको सहभागिता हुनेछ । स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पेद्रो साञ्चेजसँग नेपालको प्रतिनिधि मण्डलको द्विपक्षीय बैठक तय भएको छ ।
स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट राखिएको जनाइएको छ । ओली असार २० गते काठमाडौंमा अवतरण गर्ने कार्य तालिका छ ।
प्रतिक्रिया