काठमाडौं–अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत करको दरमा वृहद पुनरावलोकनको घोषणा गरेका छन् । आयकरमा छुटको सिमा दोब्बर गरेको व्यक्तिका लागि १० लाख पुर्याएको उनले बताए ।
व्यत्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दूले घटाएको पनि उनले जानकारी गराए । सरकारले नेपालमा बस्तु उत्पादनमा प्रयोग हुने कच्चा बस्तुको भन्सार दर घटाएको छ ।
नेपालमा बस्तु उत्पादन गर्दा प्रयोग हुने २५३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटेको हो । आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् । कच्चा पदार्थको भन्सार दर कम हुदा नेपालमा बस्तु उत्पादनको लागि सहज हुने छ ।


प्रतिक्रिया