काठमाडौं । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । तराईका भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
यसैबीच, सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको वायु आज नेपालकै प्रदूषित सहर बनेको छ । बिहान साढे ६ बजेको समयसम्म धनगढीको वायु प्रदूषण १८५ एक्यूआई मापन गरिएको छ । यता काठमाडौं उपत्यकामा पछिल्लो साता वायु प्रदूषण बढेको छ ।


प्रतिक्रिया