काठमाडौंको न्यूनतम तापक्रम आज १५ दिनयताकै कम मापन गरिएको छ । आइतबार (माघ २०) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, उक्त समयमा काठमाडौंमा यो तापक्रम १५ दिनयताकै कम हो । यही माघ ५ गते काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसपछिको कम तापक्रम आज मापन गरिएको महाशाखाले जनाएको छ ।
माघ ६ गते काठमाडौंको न्यूनतम तापक्रम ४.४, माघ ७ गते ५.१, माघ ८ गते ५.६, माघ ९ गते ६.२, माघ १० गते ५.६, माघ ११ गते ५.०, माघ १२ गते ४.८, माघ १३ गते ७.८, माघ १४ गते ५.७, माघ १५ गते ६.३, माघ १६ गते ८.२, माघ १७ गते ७.८, माघ १८ गते (अस्ति) ६.२, माघ १९ गते (हिजो) ५.८ डिग्री सेल्सियस थियो ।


प्रतिक्रिया