Breaking

आजको मौसम

न्यून चापीय रेखा पश्चिमतिर


काठमाडौँ– मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तरतिर र पुर्वतर्फ सरदर स्थान भन्दा दक्षिणतिर रहेको छ। भारतको ओडिसा र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

शनिबार बिहान मधेश प्रदेश लगायत पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बांकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू(भागको केही स्थानहरूमा र बाँकी भू(भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, शनिबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।