काठमाडौँ — वि.सं २०६० साल वैशाख १८ गते तदानुसार मे १, २००३ का दिन ‘स्वस्थ शरीर, स्वस्थ मन’ को अभियानलाई आत्मसात् गर्दै स्थापना भएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी.–नेपाल) ले आफ्नो स्थापनाकालको २ दशक मनाउँदै गर्दा हामीलाई मानसिक स्वास्थ्य प्रणाली सुदृणीकरणमा लागि योगदान गर्दै, मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक अपाङ्गता भएका वा त्यसको जोखिममा रहेका व्यक्तिको गुणस्तरिय मानसिक स्वास्थ्य सेवा एंव सामाजिक न्यायकोअधिकार सुनिश्चित गर्न तथा मनोसामाजिक सुस्वास्थ्य स्थापनार्थ थप उर्जासिल र जिम्मेवार बनाउन प्रेरित गरेको छ ।
अहिले सी.एम.सी–नेपालले यस क्षेत्रमा अग्रणी संस्थाका रुपमा आफ्नो पहिचान स्थापित गरी मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको क्षेत्रमा हाल ८ वटा विभिन्न कार्यक्रमहरु ५१ जिल्लाका २ सय ६ स्थानीय तहमा सञ्चालन गर्दै आइरहेको छ । यस अवधीमा संस्थाले सरकारका साथै विभिन्न साझेदार, दातृनिकाय सितको आर्थिक र प्राविधिक सहयोगमा १५ वटा कार्यक्रमहरु सफलतापपुर्वक सम्पन्न गरी सकेको छ । सो कार्यक्रमहरुबाट १ लाख भन्दा बढी व्यक्तिहरुले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा प्राप्त गरी लाभान्वित भएका छन् भने १० लाख भन्दा बढी व्यक्तिहरुले समुदायमा जनचेतनामुलक क्रियाकलापबाट लाभान्वित भै चेतनामुलक कार्यमा संलग्न भएका छन्।
यस संस्था सशस्त्र द्वन्द्वका साथै विभिन्न समयमा भएका विपतजन्य घटनाहरु (जस्तैः महामारी, सशस्त्र द्वन्द्व, आन्दोलन, महाभुकम्प, बाढी, पहिरो, बारा÷पर्सामा आएको चक्रिय आँधीबेहरी, महाव्याधिको रुप लिएको कोभिड–१९ हरुबाट प्रभावितहरुलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा मनोसामाजिक सहयोगका कार्यक्रमको विकास गरी मानसिक स्वास्थ्य र मनोसामाजिक सुस्वास्थ्य स्थापना गर्न लागि परेको थियो ।
त्यससंगै अन्य सामाजिक कारण जस्तैः लैङ्गिक तथा घरेलु हिंसावाट प्रभावित व्यक्तिहरु, वैदेशिक रोजगारमा गएका वा विविध कारणले फर्केका र परिवारका सदस्य, अपाङ्गता भएका व्यक्ति, लगायत अन्य विपद्का कारण मानसिक तथा मनोसामाजिक स्वास्थ्य समस्यामा परेका व्यक्ति तथा परिवारका सदस्यहरुको मानसिक सुस्वास्थ्य स्थापनार्थ महत्वपुर्ण योगदान पुर्याउदै आएको छ । यस संस्थाले मानसिक स्वास्थ्य सेवालाई समुदायस्तरमा विस्तार गर्नका निम्ती हाल सम्म १ हजार ६ सय जनस्वास्थ्यकर्मीहरुले आधारभूत मानसिक स्वास्थ्यमा तालिम प्राप्त गरेका छन्भने तालिम प्राप्त स्वास्थ्यकर्मीहरुवाट मार्फत ७० हजार भन्दा बढी मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुले स्थानीय र प्रदेश तहमा रहेका स्वास्थ्य निकायबाट यो सेवा प्राप्त गरेका छन्।
साथै ९ हजार भन्दा बढि मनोसामाजिक समस्या भएका व्यक्तिहरुले ३ सय भन्दा बढि तालिम प्राप्त नर्सिङ्ग कर्मचारीबाट मनोसामाजिक सहयोग प्राप्त गरेका छन्। सन् २०१३ बाट सामी परियोजनामा शुरु गरिएको मनोसामाजिक परामर्शको ६ महिने तालिमको अभ्यास र सिकाईलाई परिष्कृत गर्दै सी.एम.सी–नेपालको मुख्य प्राविधिक सहयोगमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले ६ महिनाको मनोसामाजिक परामर्श तालिम प्याकेज तयार गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको छ ।
लैङ्गिक हिंसा प्रभावित व्यक्तिहरुलाई बहुपक्षीय सेवा दिन सञ्चालनमा ल्याईएको एकद्धार संकट ब्यवस्थापन केन्द्रमा कार्यरत ७१ जना नर्सहरुले उक्त तालिम प्राप्त गरिसकेका छन्भने अन्य स्वास्थ्यकर्मी, मनोसामाजिक कायकर्ता र सी.एम.सी.–नेपालका कर्मचारीहरु गरी २ सय ५० भन्दा बढिले मनोसामाजिक परामर्शको यो तालिम प्राप्त गरी समुदाय स्तरमा मनोसामाजिक परामर्श सेवा प्रदान गरिरहेका छन्।
द्वन्दप्रभावित बालबालिकाहरु तथा उनका परिवारहरुका लागि मनोसामाजिक सहयोग (माला) कार्यक्रम, सामी, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य, द्वन्द्व प्रभावित व्यक्तिहरुको लागि मनोसामाजिक परामर्श कार्यक्रम, हरवा–चरवा समुदायका लागि मनोसामाजिक सहयोग (भरोसा) कार्यक्रम, समावेशी सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम लगायतका कार्यक्रमको माध्यमबाट ३५ हजार भन्दा बढि व्यक्तिहरुले व्यक्तिगत मनोसामाजिक परामर्श सेवा प्राप्त गरेका छन्भने ९० हजार भन्दा बढि ब्यक्तिहरुले समूहमा मनोपरामर्श सेवा प्राप्त गरेका छन्।
सन् २००५ को जुलाईमा दोलखा जिल्लाबाट शुरु गरिएको विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम हाल कर्णाली प्रदेशको कालिकोट र जाजरकोट जिल्लाका ६० वटा विद्यालयमा सञ्चालनमा छ । यस कार्यक्रमको माध्यमबाट हाल सम्म ३ सय विद्यालयका ४ हजार ९ सय २ जना शिक्षकहरुले बालमैत्री कक्षा कोठा व्यवस्थापन र सकारात्मक अनुशासन विधिको प्रयोग सम्वन्धमा तालिम प्राप्त गरेका छन्भने ५ सय ७२ जना शिक्षकहरुले विद्यालय मनोपरामर्शमा तालिम प्राप्त गरेका छन्।
तालिम प्राप्त मनोपरामर्शकर्ता शिक्षकहरु मार्फत ६ हजार ४ सय ८० जना बालबालिकाले विद्यायालय स्तरमा मनोसामाजिक सहयोग प्राप्त गरेका छन् । सी.एम.सी–नेपालको प्राविधिक सहयोगमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्रले विद्यार्थी मनोसामाजिक परामर्शमा ५ दिनको कष्टमाईजड तालिम सामग्री तयार गरी शिक्षकको तालिममा मूलप्रवाहीकरण समेत गरिसकेको छ ।
सन्२०१३ को आरम्भ संगै सी.एम.सी–नेपालले मानसिक स्वास्थ्यलाई अधिकारमुखी अवधारणा अगिंकार गरेको यस संस्थाले समुदायस्तरमा मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्ति वा परिवारका सदस्यलाई मानसिक स्वास्थ्यका निम्ती आवश्यक
पैरवी, औषधीको सहज आपुर्ति, आयमुलक क्रियाकलापसंगै निर्णायक स्तरमा सम्मानजनक उपस्थितिका निम्ती वकालत गर्दै आईरहेको छ । आरम्भकालमा असहज रहे पनि अहिले सम्म १५ जिल्लाका ६० भन्दा वढि मानसिक स्वास्थ्य स्वालम्वन समुहहरु गठन गरी मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्ने सवाललाई मुलप्रवाहीकरण गर्न वकालत गरिरहेको छ ।
मानसिक स्वास्थ्यलाई संस्थागत गर्दै मानसिक स्वास्थ्य, मनोसामाजिक सुस्वास्थ्य स्थापनार्थ आवश्यक नीति, कार्यक्रम र बजेटको सुनिश्चितताका निम्ती यो संस्था संघीय, प्रदेश र स्थानीय तह स्तरमा तीनै तहका सरकारको महत्वपुर्ण प्राविधिक साझेदार हुन पाउँदा हामीलाई गर्व लागेको छ । संस्थाले हाल सम्म सुदुरपश्चिम प्रदेशका ३, कर्णाली प्रदेशका १२, लुम्बिनी प्रदेशका ४, मधेश प्रदेशका ५ र कोशी प्रदेशका ३ स्थानीय तहमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति, रणनैतिक कार्ययोजना बनाउन महत्वपुर्ण प्राविधिक सहयोग गरेको छ भने कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना (२०७९–२०८७) मन्त्री स्तरीय निर्णयबाट पारित भई कार्यान्वयनको स्तरमा रहेको छ ।
नेपालको संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा स्थापित गर्दै आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त
गर्ने र स्वास्थ्य सेवामा समान पँहुच हुने हकको व्यवस्था गरेको छ भने जनस्वास्थ्य सेवा ऐन २०७५, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी ऐन २०७४, राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ लगायत ऐन र कानुनहरुमा मानसिक स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पँहुच सुनिश्चित गर्ने बताए पनि यसको प्रभावकारी कार्यान्वयन अझै हुन सकेको छैन्। कानुन र नीतिगत रुपमा लिखित व्यवस्था प्रशस्त भए पनि मानसिक स्वास्थ्य अझै पनि सबैको चासो र प्राथमिकतामा पर्न सकेको छैन्।
मानसिक स्वास्थ्य बिना स्वास्थ्य सम्भव नभएको भएता पनि अझै मानसिक स्वास्थ्य र मनोसामाजिक सुस्वास्थ्यको सवाल मुलप्रवाहीकरणमा नपर्दा मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्ति र परिवारले निकै प्रताडित भएको अवस्था रहेको छ । विपद्, महामारी र संकटपुर्ण विभिन्न अवस्थामा झन् यो समस्या बढ्ने गर्दछ । विश्व अहिले पनि कोभिड र त्यसका विभिन्न असरहरुबाट गुज्रिरहेको छ,भने आत्महत्या अझै पनि जनस्वास्थ्यको सवालका रुपमा प्राथमिकता नपाएको अवस्था छ । मानसिक स्वास्थ्य समस्यालाई अझै पनि हाम्रो मुलुक र समाजले प्राथमिकतामा नराखेको पाइन्छ । कडा खालको मानसिक स्वास्थ्यलाई मात्रै मानसिक समस्याको पहिचान दिने भएका कारणले पनि यस्तो भएको हो ।
तर विविध कारणले विश्वमा मानसिक स्वास्थ्य समस्याबाट गुज्रिनेहरुको संख्या बढ्दै गएको छ भने यसले पारेको आर्थिक भारको अवस्था झन विकराल छ । पछिल्लो समयमा विभिन्न कारणले गर्दा आत्महत्या विश्वको नै चासोको विषय बनेको छ । एक लाख जनसंख्यामा ११ जनाले आत्महत्या गर्ने विश्वको तथ्याङ्क विश्लेषण गर्दा नेपालमा यो दर प्रति १ लाखमा २४ जना रहेको छ । सरकारलेसन् २०३० सम्म प्रतिलाखमा ४.७ पु¥याउने लक्ष्य राखी राख्दा अहिले नेपालमा आत्महत्या दर प्रतिलाखमा २३.४ रहेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार, आ.व. २०७८/०७९ मा मात्रै नेपालमा ६ हजार ८ सय ३० (पुरुष ३ हजार ८ सय ६० र महिला २ हजार २ सय ६१) ले आत्महत्याका कारण ज्यान गुमाएका थिए ।
पछिल्लो समयमा बालबालिकाबाट समेत आत्महत्या बढ्दै गएको छ जुन गत आ.व. २०७८÷०७९ मा मात्रै ७ सय ९ रहेको थियो जसमा बालिका (किशोरी) ४ सय ५६ रहेका थिए । झन्आफुले अरुलाई हत्या गरी आफै मर्ने (आत्महत्या) गर्ने घटनाका संख्या पनि बढ्दै गएको छ, जुन थप डरलाग्दो छ । जबकी विभिन्न अनुसन्धानले प्रष्ट पारिसकेको छ कि समयमा नै मनोपरामर्श सेवा र औषधोपचार सेवाले ९० प्रतिशत भन्दा बढी आत्महत्या रोक्न सकिन्छ ।
सी.एम.सी नेपालले गरेका विभिन्न अनुसन्धानहरु मध्ये सन्२०२१ मा पाँच वटा जिल्लाका सुरक्षित आवास गृहमा रहेका १५—६५ वर्षका ३ सय लैङ्गिक हिंसा प्रभावित व्यक्तिहरुमा गरेको अध्ययनमा ६०.७% मा मध्यम देखि कडा खालको डिप्रेसनको समस्या देखिएको थियो भने २७.७% मा सामान्य खालको डिप्रेशनको समस्या भेटिएको थियो भने २९% मा आत्महत्या जोखिम भएको पाइएको थियो । यसले हिंसा प्रभावित व्यक्तिहरुमा मानसिक स्वास्थ्य अवस्थाका बारेमा चित्रण गर्दछ ।
त्यसैगरी, अध्ययनका अनुसार किशोरकिशोरी मा १८% मा मानसिक स्वास्थ्य समस्या पाईएको छ भने आप्रवासी कामदार र उनीहरुको परिवारका सदस्यमा मानसिक स्वास्थ्यको अवस्थामा डिप्रेशन २१%, आत्महत्या जोखिम ७ % तथा एङ्गजाईटी (चिन्ताजन्य समस्या) ६४% मा देखिएको छ । त्यसैगरी राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालका १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरुबाट २१ लाख ९० हजार ५ सय ९२ जना परिवारमा अनुपस्थिति अर्थात विभिन्न प्रयोजनले विदेशमा रहेका छन् । यसले सामाजिक लागत बढाएको छ भने ठूलो श्रमशक्ति विदेशमा रहँदा परिवारमा पारिवारीक दुरीका कारण विभिन्न खालको विखण्डन, हिंसा वा मानसिक स्वास्थ्य समस्या जस्ता कारणले सामाजिक लागत बढ्दै गएको छ ।
‘स्वस्थ शरीर, स्वस्थ मन’ को हाम्रो अभियानलाई साकार पार्न ऐक्यबद्ध भई सहयोग पु¥याउनु हुने तीनै तहका सरकारहरु, साझेदार संघसंस्थाहरु, सरोकारवालाहरु, सेवा प्रदायक सरकारी, गैरसरकारी संस्था, विद्यालय र समुदायका व्यतिmहरु, स्वाबलम्वन समुह, अपाङ्गता भएका व्यक्तिहरु, द्वन्द्व प्रभावित व्यक्तिहरुका सरोकारमा काम गर्ने संस्था वा संजालहरु, मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति तथा उनीहरुका परिवारका सदस्यहरु, सञ्चारकर्मी ज्यूहरु एवं हामी सँग प्रत्यक्ष वा परोक्ष रुपले जोडिनु भएका सम्पूर्ण महानुभावमा संस्थाको २० औं वार्षिकोत्सवमा हामी विशेष रुपमा सम्झन चाहन्छौं ।
मानसिक स्वास्थ्य बिना स्वास्थ्य सम्भव नभएकाले मानसिक सुस्वास्थ्यकोलागि लगानी गर्न र यस सवालमा हामी सबै लाग्नका निम्ती ढिला गर्नहुदैंन्। हामी यहाँहरुको साथ सहयोगका साथै रचनात्मक सुझाव र पृष्ठपोषणलाई आत्मसाथ गर्दै आगामी यात्रा मानसिक स्वास्थ्य र मनोसामाजिक सुस्वास्थ्यका लागि अनवरत रुपमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं ।
प्रतिक्रिया