काठमाडौं– नवजवान, अझ यसलाई अहिलेकै बुझ्ने भाषामा भन्ने हो भने जेनजी, जसको बलबुतामा हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बनेको छ । राजनीतिक दलका शीर्ष र प्रभावशाली नेता, राजनीतिक विश्लेषक सबैको विश्लेषणलाई गलत सावित गरेर बहुमत मात्रै नभई झण्डै दुई तिहाईको मत प्राप्त गर्नुको पछाडी यिनै जेनजीहरूकै विशेष र महत्वपूर्ण भूमिका छ । परम्परागत राजनीतिक दल र नेताहरूको तिनै पुरानो काम गर्ने शैली र ढिला सुस्तीका कारण वाक्क बनेका युवाहरूको आक्रोश सडकमा पोखिँदाको परिणामबाट बनेको रास्वपा नेतृत्वको सरकारले उनीहरुकै चाहनालाई ध्यानमा राखेर काम गरिरहेको छ । प्रविधिमैत्री जेनजीहरू हरेक काम छिटो, छरितो र प्रविधिबाट नै हुनुपर्नेमा विश्वास गर्छन् । सरकारका हरेक मन्त्रालयहरूले आम नागरिकलाई प्रविधिसँग जोड्ने प्रयास गरिरहेका छन् । नागरिकको गुनासो सुन्न वा सुझाव सङ्कलन गर्न विभागीय मन्त्रालयहरूले सोही मन्त्रालयसम्बन्धित एप्स, टोलफ्री नम्बर जस्ता प्रविधि युक्त उपयाहरू सञ्चालनमा ल्याइरहेका छन् ।
देश


प्रतिक्रिया