Breaking

इनम प्रकरण : झनै ठूलो रहस्य बाहिरियो, क्ष्न्ए मनोजमाथि प्रश्न, सर्वोच्चको आदेश कुर्दै कार्की (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– प्रहरी प्रमुखको जिम्मेवारी खोसीएका पुर्वआईजिपि दान बहादुर कार्कीले दायर गरेको रिटको सुनुवाई मंगलबार हुदैँछ । यसअघि असोज ३० गते सोमबार पेशी तोकिएको भएपनि सार्वंजनिक विदाका कारण स्थगित हुन पुग्यो । अहिले प्रहरी संगठनमा दुई दुई आईजिपि छन् । जसले गर्दा बहालवाल आईजीपीले पनि सकृय भएर काम गर्न सकिरहेका छैनन्् । प्रहरी नियमावली, २०७१ अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) नेपाल प्रहरीको एकमात्र संगठन प्रमुखका रूपमा रहने स्पष्ट व्यवस्था छ । तर सरकारले मनमौजी निर्णय गर्दै आईजिपिको जिम्मेवारी हेरफेर गर्याे । कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइयो । यसमा उनले असन्तुष्टी जनाउदैँ जिम्मेवारी समाल्न मानेनन् । पत्र समेत नबुझेका कार्कीलाई कात्तिक १८ गते उनको निवासमै पुगेर गृहमन्त्रालयका कर्मचारीले सल्लाहकारको पत्र जवरजस्ती थमाएका छन् । आईजिपि प्रकणरमा अहिले सरकार र सत्तारुढ रास्वपा एकअर्का तिर औँला देखाउँदै उम्कीन खोजीरहेका छन् ।