Breaking

मधेशमा रविको रापताप, बालेन विरोधी अमरेशलाई साथ, ऋषिसँग जोक, मनिषकोमा भान्सा, साथमा पुरुषोत्तम (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– छठ पर्वले मधेशमा सामाजिक र सांस्कृतिक मात्रै नभएर राजनीतिक रौनकता समेत थपेको छ । छठका अवसरमा मधेश झरेका देशका प्रमुख दलका प्रमुख नेताहरुले मधेशको सांस्कृतक पर्वलाई रणनीतिक राजनीतिको केन्द्रविन्दु बनाए । अर्थात सत्ता निमार्णमा सधैं निर्णायक भूमिकामा रहँदै आएको मधेशको जनमतलाई सांस्कृतिक ‘सेन्टिमेन्ट’ मार्फत आकर्षण गर्न खोजे । जहाँ छठ मनाउन मधेश झरेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले दुई दिनसम्म त्यहाँको राजनीतिक मनोभावना बुझ्ने राम्रो अवसर पाए । सपरिवार जनकपुरको ऐतिहासिक गङ्गासागर देखि महोत्तरीको मटिहानीसम्मका घाटमा सूर्यलाई अघ्र्य अर्पण गरेका उनको उपस्थिति सांस्कृतिक भन्दा बढि राजनीतिक देखियो । सहमहामन्त्री पुरुषोत्तम यादव, सचिवालय सदस्य मनिष झा, सांसद बल्लु गुप्ता, मधेस प्रदेश सभापति तपेश्वर यादव, प्रदेश महामन्त्री मनिष साह लगायत मधेसबाट निर्वाचित अन्य संघीय सांसदहरूसहितको सक्रिय उपस्थितिमा जनताका घर घर पुगेका लामिछानेले आफ्नो राजनीतिक छाप राम्रोसँग छाडेको देखियो । आगामी फागुन–चैतमा स्थानीय र प्रदेशको चुनाव हुने चर्चाकाबीच लामिछानेले छठको सामुहिक उपस्थितिलाई आकर्षक र शक्तिशाली राजनीतिक मञ्चका रुपमा प्रयोग गरेका हुन् ।