Breaking

भारतबाटै बंगलादेश तताउँदै हसिना, फर्किन राखियो दुई शर्त, मजदुर पनि सडकमा, घेरिए रहमान (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– विद्यार्थी आन्दोलनपछि चुनावमार्फत डेढ वर्षपछि सेफ ल्याण्डिङ गरेको बंगलादेश फेरि अशान्त बन्दै गएको छ । एकातर्फ निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकहरुले सडक तताएका छन् । अर्कोतर्फ सरकारविरुद्ध त्यहाँको अर्थतन्त्रको मुख्य हिस्सा रहेको उद्योगका मजदूरहरु आन्दोलित बनेका छन् । अहिले सरकारको सबैभन्दा ठूलो टाउको दुखाई नै शेख हसिनाको स्वदेश फिर्ती बनिरहेको छ । हसिनाले आफू स्वदेश फर्किन चाहेको बताइरहँदा बंगलादेश फर्कने बित्तिकै मार्न सक्नेसम्मको आशंका व्यक्त गरिरहेकी छिन् । सरकारले भने स्वदेश ल्याएर मृत्युदण्ड दिने बताइरहँदा उनको पार्टीका समर्थकहरुले देशव्यापी प्रदर्शन सुरु गरेका छन् । हसिनाको गृहजिल्ला गोपालगन्जमा स्वदेश फिर्तीको माग गर्दै भएको प्रदर्शनका क्रममा हिंसा भड्किएको छ । प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरेका छन् । त्यहाँ रहेको सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई कार्यालयमा आगजनी गरिएको छ । लगत्तै दुई सरकारी अधिकारीहरुको जागिर समेत गएको छ । यहाँ रोचक कुरा त के छ भने हसिनाको पार्टी अवागी लिग प्रतिबन्धित अवस्थामा छ । तर, कार्यकर्ताहरु प्रदर्शनमा उत्रिन थालेका हुन् । हसिना स्वदेश नफर्किएसम्म आन्दोलन जारी राख्ने उनीहरुको चेतावनी छ ।