Uncategorized

ओलीका सबै फन्डा फेल, घण्टीको त्रास, आफ्नैले घात गर्ने चिन्ता, अब विप्लवले पार लगाउँलान् ? (भिडियोसहित)


काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल चुनावी हारको त्रासमा देखिएका छन् । यही कारण उनीहरू अहिले चुनावी तालमेलको प्रयास गरिरहेका छन् । एमालेले अध्यक्ष र महासचिव नै चुनाव हार्ने डरले प्रचण्ड र विप्लवको साथ खोजिरहेको छ । झापा–५ मा एमाले अध्यक्ष ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह –बालेन) र दाङ–२ मा एमाले महासचिव पोखरेलसँग रास्वपाका सह–महामन्त्री विपिन आचार्य प्रतिस्पर्धामा छन् । पार्टीका दुई शक्तिशाली नेताहरूसँग चर्चित अनुहार नै प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएपछि एमालेभित्र हारको त्रास देखिन थालेको छ । युवा मतदाता र परिवर्तन चाहने वर्ग रास्वपातर्फ आकर्षित भइरहेका बेला एमाले अध्यक्ष र महासचिवका लागि निर्वाचन प्रतिकूल बन्दै गएको छ । यही कारण एमालेले नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग निरन्तर संवाद गरिरहेको छ । प्रचण्ड र विप्लवसँग तालमेल गरेर वाम मत एकीकृत गर्ने प्रयास एमालेको रणनीतिमा परेको बुझ्न सकिन्छ । झापा–५ मा अध्यक्ष ओलीको अवस्था पहिले जस्तो सहज देखिएको छैन । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन चुनावी मैदानमा आएपछि ओलीको चुनावी गणित झन् जटिल बनेको छ । स्थानीय स्तरमा युवा र स्वतन्त्र धारको प्रभाव बढ्दै गएकाले ओलीलाई आफ्नो परम्परागत आधार जोगाउन कठिन भइरहेको विश्लेषण हुन थालेको छ ।