Breaking

दिल्लीमा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान

योहो संवाददाता

काठमाडौं– भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । भ्रमणका क्रममा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहलाई राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरे । स्वागत गर्ने क्रममा मोदीले समकक्षी बालेनसँग अंकमाल गरेका थिए ।

राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरेपछि प्रधानमन्त्री शाह राजघाट पुगेर गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गरेका छन् । गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले गान्धीको जीवनले सत्यको शक्ति संसारका कुनै पनि शक्तिभन्दा ठूलो हुने प्रमाणित गरेको बताएका छन् ।

प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन गान्धीको आदर्शले मार्गदर्शन गरोस् भन्ने कामना गरेका छन् ।