Breaking

बालेन–रविसँग भिड्दै पुराना दल, फेरि अर्को हारको त्रास, देउवाको दौडाहा, ओली आक्रामक, प्रचण्डकोे चुनौती (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– गत आम निर्वाचनमा रास्वपा र बालेन शाहको ह्वीमले मकैमा घुन सिसिएझै पिस्सिएका पुराना दल र तिनका शीर्ष नेताहरु स्थानीय निर्वाचन नजिकिएसँगै पुनः टाउको उठाउन थालेका छन् । सरकारले केही गरेन, देश लथालिंग भयो र राष्ट्रियता धरापमा पर्यो भन्दै उनीहरुले प्रधानमन्त्री बालेन शाहलाई निशाना बनाएर विभिन्न कार्यक्रमको आयोजना गर्न थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आन्दोलनको आँधीबेहरी ल्याउने तयारीमा छन् । नेपाली कांग्रेसको देउवा समूह सातै प्रदेशमा सभा गरेरै सरकारमाथि आगो ओकलिरहेको छ । नेकपा संयोजक प्रचण्ड पनि बालेन रहश्यमय देखिएको भन्दै आन्दोलनकै चेतावनी दिइरहेका छन् । पुराना दलमा विगतकै शीर्ष नेताहरु हाबी हुन थालेपछि यसको फाइदा आफूहरुलाई नै पुग्ने भन्दै रास्वपा भने हौसिएको छ । सरकार र रास्वपा नेतामा पनि आफूलाई कामले प्रमाणित गर्ने भन्दा पनि अन्य दललाई कमजोर बनाएर आफू ठुलो भन्ने मनासय देखिएको भन्दै कतिपय नेता कार्यकर्ताले भने गुनासो पोख्न थालेका छन् ।