Uncategorized

मन्त्री सोविताको छलाङ, गुन तिर्दै रवि, बालेन किन रुष्ट ? कानुन निर्माणमा किन सुस्त ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट दोस्रो पटक सांसद बनेर सदनमा पुग्ने अनुभवी पात्र मध्यकी एक हुन सोविता गौतम । उनै गौतले अहिले कानुन न्याय तथा संसदिय मामिला जस्तो महत्पूर्ण मन्त्रालय हाँकी रहेकी छन् । रास्वपाको उपसभापति समेत रहेकी गौतमको काधमा मुलुक चलाउने ऐन कानुन बनाउनका लागी विधेयकको मस्यौदा उठान गर्ने जिम्मेबारी छ । कुनै बेला विद्रोहको विगुल फुक्ने गौतमले आफ्नो विषय विज्ञता अनुसारकै मन्त्रालय पाएकी छन् । विगतमा पार्टी सभापति रवि लामिछाने कारागार चलान हुँदा उनी अदालतमै पुगेर बहस गर्ने देखी सडकमा खरो रुपमा प्रस्तुत हुने गरेकी थिइन् ।
तर चाहे अनुसारकै मन्त्रालय पउँदा पनि अहिले गौतमले सोचेअनुरुप काम गर्न सकेकी छैनन् । कार्यभार संहालेको ४ महिना पुग्नै लाग्दा समेत उनले सदनमा एउटा विधेयक मात्रै लान सफल भइन् । प्रधानमन्त्री बालेन शाहले ल्याएका ४ अध्यादेश सदनमा पुगेर कानुन निर्माण भए । यदी ति अध्यादेश कानुन नबनी अरु अध्यादेश जस्तै निश्क्रीय हुन्थे भने गौतमलाई कानुन मन्त्रीको ईज्जत बचाउनै हम्मे हम्मे पर्ने थियो ।