Uncategorized

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

योहो संवाददाता

काठमाडौं । दशैंको रौनक सकिए पनि म्याक्स टाइगरको धमाका भने रोकिएको छैन। कसैको हातमा मोटरसाइकलको चाबी, कसैको घरमा नयाँ स्कुटरको खुसी। म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कारको विजेता बनाइरहेको छ। अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन्। अझ रोचक कुरा त के छ भने, सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको भाग्यशाली विजेता घोषणा हुन अझै बाँकी छ।

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ। बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका छन्। म्याक्स टाइगरको एक क्यानसँग जोडिएको पुरस्कार जित्ने अवसरले दुवै विजेताको दशैंलाई विशेष बनाएको छ।

जीवनमै पहिलोपटक यति ठूलो पुरस्कार हात पारेका नरबहादुर ठोकरका लागि यो जित अझ स्मरणीय बनेको छ। सामान्य रूपमा खरिद गरिएको एक क्यान इनर्जी ड्रिंकले उनलाई नयाँ स्कुटरको विजेता बनाएको छ। दशैंको उत्सवसँगै जोडिएको यो अप्रत्याशित खुसीले उनको चाडपर्वलाई थप यादगार बनाएको छ।

म्याक्स टाइगरको धमाका यत्तिमै सीमित छैन। यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए। त्यस्तै, सुर्खेतका किशोर जंग शाह यामाहा रे जेडआर स्कुटरको विजेता बनेका थिए। पछिल्ला दुई विजेता थपिएसँगै मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर जित्नेको संख्या दुई पुगेको छ।