काठमाडौं– जेनजी आन्दोलनमा बालुवाटारबाट हेलिकप्टर चढेर बाहिरिन बाध्य भएका थिए एमाले अध्यक्ष केपी शर्मा ओली । त्यसपछि फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हार र आफ्नै संगठनभित्र चुलिएको नेतृत्व परिवर्तनको दबाब—ओलीका लागि पछिल्लो राजनीतिक यात्रा पक्कै सहज थिएन । तर, यी तमाम संकटहरूलाई पन्छाउँदै उनी फेरि पार्टीभित्र आफ्नो पकड मजबुत बनाउने र राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खोज्ने कसरतमा अघि बढेका छन् । पार्टीको राष्ट्रिय भेलासम्म आइपुग्दा ओलीको पुरानै आत्मविश्वास फर्किएको आभास हुन्छ । पार्टीभित्रको असन्तुष्टिलाई व्यवस्थापन गर्दै कार्यकर्ता पंक्तिलाई एकताबद्ध बनाउने र वर्तमान सरकारमाथि राजनीतिक प्रहार तीव्र पार्ने उनको स्पष्ट संकेत छ । अहिले ओलीको रणनीति केवल पार्टी जोगाउनेमा मात्र सीमित छैन; गुमेको सत्ता र राजनीतिक विरासत पुनःस्थापित गर्ने दिशामा समेत केन्द्रित देखिन्छ ।
Breaking


प्रतिक्रिया