Breaking

धरापमा बालेनका बेन, इनम केसले डुबायो, गगनले मुद्दा छेडे, रविले मागे अनुसन्धान (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नत रास्वपाको क्रियाशिल सदस्य, नत पार्टीमा कुनै योगदान । तर यतिबेला सरकार र रास्वपा दुबै कुमार बेनको इशारामा नाचिरहेका छन् । कुमार बेन, अर्थात् प्रधानमन्त्री बालेन शाहबा ब्रेन । प्रधानमन्त्रीको प्रमुख सल्लाहाकारको जिम्मेबारीमा रहेका उनै बेनले यतिबेला झण्डै २ तिहाइको सरकार हाकिरहेका छन् । गलत गर्नेलाई नछोड्ने रास्वपाको घोषित निति नै हो । तर बेनमाथि विचौलीयाको मोवाईलबाट आफना च्याट हटाउन उनको मोवाइल नै २ दिन क्याप्चर गरेको आरोप लाग्यो । त्यति मात्रै होईन यो मुद्धालाई ढाकछोप गर्न वेनले नै कांग्रेस सभापति गगन थापालाई आधिकारिकता पाउन १८ करोड बुझाएको बयान दिन लगाएकोसम्म चर्चा छ । यस प्रकरणसँगै बेनलाई लिएर रास्वपामा असन्तुष्टि चुलिएको छ । सभापति रवि लामिछाने देखि विपक्ष दलका नेताहरुले उनको भूमिकामाथि प्रश्न उठाइरहेका छन् ।