Breaking

रवि–बालेन : संकटले घेरियो रास्वपा, सधनदेखि सत्तासम्म टसल, कोर टिम नै वारपारमा, अव के हुन्छ ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– कुनै समय रास्वपा सभापति रवि लामिछाने आमा बालेनले देश बनाउँछ भन्दै चुनावी दौडधुपमा थिए । नागरिकले विश्वास गरे स्वयं रास्वपाले समेत नपत्याउने गरि जनमत दिए । तर अहिले उनै रविले बालेनको नियतमाथि प्रश्न उठाउन थालेका छन् । गत वर्ष भदौँको जेन्जी आन्दोलन पछि सात बुदे सहमति सहित दुई नेता एक ठाउँमा आएका थिए । तर राजनीति सफा गरेर देशकै मुहार फर्ने बाचासहित आएका नेताहरु विच देखिएको विचलनले सरकार र रास्वपा नै धरापमा पर्ने हो कि भन्ने चिन्ता नेता कार्यकर्तामा मात्र होइन आम आम नागरिकमा पनि भेटिन्छ । दुई नेताको विवादकोे विजारोपण त गत असारमा चितवनमा भएको रास्वपाको महाधिवेशन बाटै भएको हो । अहिले पार्टी भन्दा राष्ट्रको चिन्ता गरिरहेको भन्दै बालेनले उद्घोष गरेपछि संगठन विस्तारमा लागेका रवि झन् असन्तुष्ट हुन पुगेको देखिन्छ । के के छन् त ? रवि–बालेनबीचको दुरी बढ्नुको मुख्य मुख्य कारणहरु :