Breaking

नेपालमा चक्रवातको प्रभाव : दुई दिन उच्च जोखिम, कहाँ–कहाँ जडान गरियो हाइटेक ?

योहो संवाददाता

काठमाडौं– बंगालको खाडीमा विकसित भइरहेको मौसमी प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुने क्रममा रहेकाले त्यसको सोझो असर नेपालमा देखिने भएको छ । जल तथा मौसम विज्ञान विभाग र मौसमविद्हरूका अनुसार बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको उच्च जोखिम छ । एकातिर तत्काल आइपर्ने मौसमी विपद्बाट जोगिन सतर्कता अपनाउनुपर्ने अवस्था छ भने अर्कोतर्फ, यस्ता शृङ्खलाबद्ध जलवायुजन्य जोखिमलाई दीर्घकालीन रूपमा सम्बोधन गर्न सरकारले मौसम तथा बाढी पूर्वानुमानलाई आधुनिक प्रविधिमैत्री बनाउने दीर्घकालीन रणनीति अघि सारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले छुट्टाछुट्टै श्वेतपत्र जारी गर्दै मौसम र बाढी पूर्वानुमानमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मसिन लर्निङ (एमएल) र सुपरकम्प्युटिङ प्रविधि अवलम्बन गर्ने घोषणा गरेका छन् ।