अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सफलतापूर्वक आक्रमण गरेको दाबी गरेका छन ।इरानको आणविक केन्द्रमा आक्रमणपछि ट्रपले सामाजिक सञ्जालमार्फत् यस्तो दाबी गरेका हुन्।
अमेरिकाले तीन आणविक केन्द्रमा बम प्रहार गरेको उनको दाबी छ। उनले फोरडोअ, नातान्ज र इसफाहानमा आक्रमण भएको उल्लेख गरेका हुन्। इरानमा बमबारी सकेर विमान अमेरिका फर्किएको भन्दै उनले सामाजिक सञ्जालमार्फत् सेनालाई बधाई दिएका छन्।
यसैबीच,अमेरिकाले इरानको आणविक केन्द्रहरूमा सैन्य हमला गरेपछि राष्ट्रपति ट्रम्पले राष्ट्रलाई सम्बोधन गरेका छन् । उनले इरानलाई कडा चेतावनी दिँदै वार्ताको टेबलमा आउन वा थप विनाशकारी हमलाको सामना गर्न तयार रहन भनेका छन्। अमेरिकाले यस क्षेत्रमा ठुलो संख्यामा सैन्य शक्ति र सम्पत्ति परिचालन गरेको छ।
प्रतिक्रिया