काठमाडौं— नेपालको राजनीतिमा आएको परिवर्तनपछि सबैभन्दा ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पहिलो राजनीतिक भ्रमण तय भएको छ । झण्डै चार वर्ष पार्टीको नेतृत्व र दुई पटक उपप्रधानीसहित गृहमन्त्री समेत भइसकेका रविले यसअघि कुनै पनि राजनीतिक भ्रमण गरेका थिएनन् । सोही परिप्रेक्ष्यमा उनको पहिलो राजनीतिक भ्रमण भारतबाट हुन लागेको हो । दक्षिण छिमेकी राष्ट्रको विदेश मन्त्रालयको निमन्त्रणामा आगामी जेठ १८ गते भारत जान लागेका उनी दुई दिन त्यहाँ रहनेछन् । रास्वपाको नेतृत्वमा सरकार बनेसँगै दुई छिमेकी मुलुकबीच भ्रमणको ताकेता भए पनि त्यो सम्भव हुन सकिरहेको थिएन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त समकक्षी वालेन्द्र शाहलाई भ्रमणको निम्तो नै दिएका थिए । भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमणपछि प्रधानमन्त्री शाहको भ्रमण हुने तय भए पनि प्रधानमन्त्रीसँग भेट नहुने भएपछि मिश्रीको भ्रमण स्थगित हुँदा शाहको भारत भ्रमणसमेत अनिश्चित बनेको छ । त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण तय भए पनि त्यो पनि हुन सकेन । भारत सरकारको निमन्त्रणामा उनी जेठ १८ गते नै नयाँ दिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स (आईबीसीए) शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो । तर, सम्मेलन नै स्थगित भएपछि खनालको भ्रमण पनि रोकिन पुग्यो ।
Breaking


प्रतिक्रिया