काठमाडौं । प्रतिपक्षदलहरुको नाराबाजीबिच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रतिनिधिसभाबाट पारित भएको छ ।
बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले सो विधेयक माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
दफावार छलफलपछि अर्थमन्त्री वाग्लेले विधेयक पारित गरियोस् भन्दै पेस गरेपछि सत्ता पक्षका सांसदको बहुमतले पारित भएको हो । पारित गर्ने प्रक्रियामा विपक्षी सांसदहरू सहभागी भएका थिएनन् ।


प्रतिक्रिया