काठमाडौं— छोटै समयमा नेपालको परम्परागत राजनीतिको जडतालाई हल्लाउन सफल प्रधानमन्त्री बालेन शाह सत्ता राजनीतिमा पनि जबरदस्त देखिएका छन् । प्रधानमन्त्रीको रुपका कार्यभार सम्हालेको छोटो समयमै उनको यात्रा उत्साहजनक देखिएको छ । उनका कतिपय कदमहरूले आम जनतामा आशाको सञ्चार गरेको छ भने सेवा प्रबाहमा चालेका कदमहरुले परिणाम दिन थालेका छन् । तर पार्टी र सत्ताबीचको तलमेल मिलाउन भने उनले अझै मेसो पाएका छैनन् । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको उनको सम्बन्ध र संसदीय अभ्यासमा देखिएको उदासीनताले केही गम्भीर प्रश्नहरू खडा गरिदिएको छ । झण्डै एक महिनाको रस्साकस्सीपछि २०८२ पुस १३ गते सात बुँदे सहमति गर्दै रास्वपा प्रवेश गरेका बालेन अहिले पार्टीको वरिष्ठ नेतासमेत रहेका छन् । तर, बिडम्वना के छ भने, जुन पार्टी र संसद्ले उनलाई प्रधानमन्त्री चुन्यो, त्यही पार्टी र संसद्प्रति उनी चरम अनुत्तरदायी देखिएका छन् । चैत १३ गते प्रधानमन्त्री नियुक्त भएयता उनले सदनमा उभिएर जनताका प्रतिनिधिहरूको प्रश्नको सामना गर्ने आँट गरेका छैनन् । यो लोकतान्त्रिक पद्धतिमा विरलै देखिने दृश्य हो ।
देश


प्रतिक्रिया