काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’ले उपयुक्त समयमा संसद्मा उपस्थित भएर सांसदहरूको जवाफ दिने बताएका छन्।
पहिलो प्रतिनिधिसभा वैठक स्थगीत भएपछि आज सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेट्न सिंसहदरबारमा गएकोमा प्रधानमन्त्रीले ’उपयुक्त समयमा संसद् आउँला र सांसदहरूको जवाफ दिउँला’ भनेको संसदमा जानकारी दिएका छन्।
त्यपछि विपक्षी दलहरूले नारावाजी सहित विरोध गरेका थिए ,भने विरोधकैबीच सभामुखले प्रतिनिधिसभाका कामकारबाही अगाडि बढाए । नाराबाजीकै बीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ पारित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १२ गतेका लागि बोलाइएको छ ।


प्रतिक्रिया