समाचार

स्पेनिस राजदूत शेर्पा १४ करोडको स्वास्थ्य सामाग्रीसहित आज नेपाल आउदै


काठमाडौँ – स्पेनिस सरकारले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामाग्री लिएर सहित दिउँसो स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा बिहीबार (आज) काठमाडौं आइपुग्ने भएको छ ।

राजदूत शेर्पा १४ करोडको आवश्यक स्वास्थ्य सामाग्रीसहित स्पेनको चार्टर जहाजमा दिउँसो १२ बजे आउने भएको हो ।

अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, र्‍यापिड टेस्ट, मास्क लगायतका सामाग्री लिएर जहाज काठमाडौँ उढिसकेको छ । लकडाउनको समयमा नेपाल सरकारद्वारा स्पेनिस नागरिकलाई उद्दार गरेकोमा विदेशमन्त्री गोन्जालेजले धन्यवाद समेत दिएको छ । त्यस्तै उनले आपसी सहयोगमा स्पेन जहिले पनि तयार रहेको बताएकी थिइन ।