देश

बालेन–रवि नयाँ रफ्तारको खोजिमा, चाँडै गाठो फुक्दै, ओली–प्रचण्डले भेट्छन् कडा जवाफ (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– बालेन शाहले सरकार संचालन गरेको भर्खर चार महिना पुग्दैछ । तर प्रतिपक्ष दलहरु सरकार गिराउन कम्मर कसेर लागि परिसकेका छन् । सरकार किन गिराउनुपर्यो ? प्रतिपक्षीको उत्तर रेडिमेड छ, राष्ट्रियता संकटमा पर्यो । के पुराना दल सत्ता बाहिर रहने वित्तिकै राष्ट्रियतामा खतरा आउने हो ? बुझ्न कठिन छैन, यो उनीहरुको सत्ता विहिनताको छटपटि मात्र हो । प्रतिपक्षीले सरकारमाथी निरन्तर प्रहार गरेपछि प्रतिकारमा भने रास्वपा चुक्दै आएको छ । विपक्षीले गुण र दोषका आधारमा होईन फगत विरोधका लागी विरोध मात्रै गरिरहेका छन् । व्यवस्थाको विरुद्ध लागेको, राष्ट्रिय स्वाधिनता संकटमा परेकोजस्ता आरोप लगाएर एकै दिनमा सरकार ढाल्ने सम्मका चेतावनी प्रतिपक्षी दलले दिइरहेका छन् ।
पछिल्लो समय आन्तरिक खिचातानीमा रुमलिएको रास्वपा सरकारमाथिको आक्रमणप्रति मौन छ । सरकार विरुद्ध छरेका भ्रम चिर्न र सत्य उजागर गर्न मन्त्री, सांसददेखि पार्टीका पदाधिकारीले समेते अल्छी गर्दा कार्यकर्तामा सन्नाटा छाएको छ ।