काठमाडौं– युवा पुस्ता र कार्यकर्ता तहमा लोकप्रिय रहेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टी नेतृत्वको जिम्मेवारीमा पुगेदेखि नै विभिन्न अप्ठ्यारा र दबाब झेल्दै आएका छन् । पार्टीभित्र मौलाउँदो गुटगत असन्तुलन र पुरानो संस्थापनको असहयोगका कारण आन्तरिक ध्रुवीकरणको चेपुवामा रहेका थापा केन्द्रपछि प्रदेशको सत्ताबाटै बाहिरिन पुगेका छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहकार्यका लागि हात मिलाएपछि प्रदेशको सत्ताबाट कांग्रेस बाहिरिन पुगेको छ । जसका कारण अब कांग्रेस, कम्युनिस्टहरू र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोहोरो चेपुवामा परेको छ । अहिले प्रदेश समीकरणमा एक भएर भागबन्डामा सहमति गरेका कम्युनिस्टहरूबीच कार्यगतदेखि पार्टी एकतासम्मको चर्चा चुलिएको छ । यदि ओली–प्रचण्डबीच पार्टी एकता भएको खण्डमा कांग्रेसले संवैधानिक परिषद्मा विपक्षी दलको हैसियत पनि गुमाउनुपर्नेछ । एमाले र नेकपाबीच यदि एकता भएमा अहिले संसद्को विपक्षी दलको प्रमुख नेताको हैसियतमा रहेका भीष्मराज आङ्देम्बेको ठाउँमा संयोजक प्रचण्ड पुग्नेछन्, जसले गर्दा कांग्रेसको प्रमुख प्रतिपक्षीको हैसियत नै खोसिनेछ । यता विशेष महाधिवेशन हुँदै नेतृत्व परिवर्तनका कारण उत्पन्न भएको पार्टीको गुटबन्दीले दुई पक्षबीचको लडाइँ उत्कर्षमा पुग्दा पार्टी औपचारिक विभाजनको सँघारमा छ ।
देश


प्रतिक्रिया