देश

रास्वपा सांसद हायलकायल, चिट्ठाको आरोपदेखि कालोमोसोसम्म, आफ्नै गृहमन्त्रीले जोगाउन सकेनन् (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– ‘मेयर सरूवा गर्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएर भाइरल बनेका प्रतिनिधिसभा सांसद पारशमणि गेलालको यो भिडियो अहिले जताततै चर्चाको केन्द्रमा छ । जसमा उनी आफ्नै मतदाताबाट अपमानित भएका छन् । आफ्नो निर्वाचन क्षेत्रको समस्या बुझ्ने क्रममा स्थानीय आक्रोशित भएपछि उनी अप्रिय वातावरणको सामना गर्न बाध्य भए । स्थानीय पत्रकारहरूले प्रश्न सोध्दा सांसद भ्युजका लागि यहाँ आएको भनेपछि माहोल विवादित बनेको थियो । त्यसपछि त्यहाँ उपस्थित केही स्थानीय आक्रोशित हुँदै सांसद गेलाललाई ‘तपाईं त चिट्ठा परेर जित्नुभएको माननीय हो’ तथा ‘चाउचाउको कुपनमा परेको माननीय’ भन्दै आलोचना गरेका थिए । तनावको माहोल बनेपछि सांसद गेलाल त्यहाँबाट गाडी चढेर सुइकुच्चा ठोकेका थिए ।
त्यस्तै कैलाली ५ बाट चुनाव जितका केपी खनालप्रति पनि मतदाताले असन्तुष्टि पोखेका छन् । मतदाताले आफूहरूले नयाँ र युवालाई परिवर्तनका निम्ति भोट हालेको भए पनि नयाँ सरकारले पनि अपेक्षा गरे अनुसारको काम गर्न नसकेको भन्दै खनाललाई मतदाताले ¥याख्¥याख्ती पारेका हुन् । आफूहरूलाई घण्टीको ट्याग भिराइदिएको र घण्टीमा भोट हाल्नेहरू आलोचनाको सिकार हुँदा गाउँघरतिर हिड्न पनि सास्ती परेको मतदाताको भनाई छ ।