Breaking

ओलीको साथले हौसिए प्रचण्ड, लाखौँ उतारेर बालेन सरकार ढाल्ने उद्घोष, ब्युँतिएला सत्ताको सपना ? (भिडियो सहित)

योहो संवाददाता

गत वर्ष भदौको जेनजी आन्दोलन र फागुन २१ को निर्वाचनले धुलिसात भएका कम्युनिस्ट पार्टीहरु अहिले बौरिने प्रयास गर्दै छन् । विश्व इतिहास हेर्दा सत्तामा पुगेर पतन भएका कम्युनिस्ट पार्टी पुनस्र्थापित भएका विरलै उदाहरण छन् । अधिकांश कि त निरन्तर शासन सत्तामा टिक्न सफल भएका छन् कि सधैँका लागि पतन भएका छन् ।

नेपालको सन्र्दभमा पनि शक्तिहीन र सत्ताविहीन बनेका कम्युनिस्ट घटकहरुले सकेसम्म एकता नत्र सहकार्यको कसरत गरिरहँदा पुरानो विरासत फर्काउन सफल होलान् त भन्ने प्रश्न उठिरहेको छ ।