Breaking

रास्वपा तह लगाउन माजिद, विनुदेखि गोविन्द केसी काफी, हिजो उचालेका बालेन सस्मितलाई आज भारी (भिडियो सहित)

योहो संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुईतिहाइको बलियो सरकार हाकिरहँदा प्रतिपक्षीबाट उठ्ने सवालहरू गौण बन्ने गरेका छन् । सीमा विवाद, सुकुम्वासी व्यवस्थापन, कर फिर्ता लागयतका विषयलाई लिएर प्रतिपक्षीले सदनमा उठाउने प्रश्न र विरोधले सरकारलाई खास्सै छुने गरेको छैन ।

बलियो पकड रहेको सङ्गठन र राजनीतिक दलको विरासत समेत बोकेको पार्टीका आवाज प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको अघि दबिँदै आएको छ । तर, प्रतिपक्षीले उठाउँदै आएको मुद्दालाई अटेर गरेर दललाई नै पेलेर अघि बढेको सरकारमाथि एक्ला व्यक्तिहरू नै भारी पर्ने अवस्था बन्दै गएको देखिन्छ ।