काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको बताउनु भएको छ ।
सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उहाँले गठबन्धनका बैठकहरु हेर्दा प्रयासले मात्रै केही नहुनेमा आफू विश्वस्त रहेको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले गठबन्धन पूरै अवधि जाने र अब एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले आफूले पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा ग¥यो भन्ने दुष्प्रचार गरेकोप्रति आपत्ति जनाउनुभएको छ । उहाँले दुबईबाट फर्किंदै गर्दा आफूले ठूलो षड्यन्त्रको नमूना पाएको बताउनु भयो ।


प्रतिक्रिया