काठमाडौँ – पश्चिमी वायुको प्रभावले आज पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका पनि पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
यसबाहेक आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ ।
अहिले बिहान भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ ।
महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम रहनेछ। देशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।


प्रतिक्रिया